लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा

छानबिन न्यूज
पाठक संख्या 122
1 Min Read
Oplus_16908288

१३ बैसाख,बारा ।  जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित वैशाख १२ गते नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका थापा क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
शेयर