धितोपत्र कसुरमा पक्राउ परेका उद्योगी शेखर गोल्छालाई अनुसन्धानका लागि ४ दिनको म्याद थप

छानबिन न्यूज
पाठक संख्या 40
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

११ बैसाख,काठमाण्डाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध अनुसन्धान अघि बढाउन ४ दिनको म्याद प्रदान गरेको छ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ का आधारमा गोल्छासहित विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायतको समूहले मिलेमतोमा सेयर कारोबार गरी ऐनको दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर गरेको आशंकामा यो कारबाही अगाडि बढाइएको हो।

६ जनाको संलग्नता देखिएको उक्त प्रकरणमा बोर्डको सुपरिवेक्षण प्रतिवेदनले मिलेमतोको पुष्टि गरेपछि थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया
शेयर