विद्युत् सर्ट भई बेल्टारमा भीषण आगलागी: दुईको ज्यान गयो, एक घाइते

छानबिन न्यूज
पाठक संख्या 61
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

८ बैसाख,बारा । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा मंगलबार बिहान करिब पौने ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा सुतिरहेकै अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

लक्ष्मीनारायण खड्काको घरबाट सुरु भएको आगोमा परी ७० वर्षीय लक्ष्मीनारायण र उनका ३० वर्षीय छोरा पवन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिएका छन ।

सोही घटनामा घाइते भएकी अस्मिता खड्काको हाल नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ। आगलागीबाट लक्ष्मीनारायणको घरसहित छिमेकी रबिन कुमार दास र सकलदेवको घर समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ।

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा बिहान आगो नियन्त्रणमा लिइए पनि क्षतिको थप विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
शेयर