पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश; विदेश जान अनुमति अनिवार्य

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

३ बैसाख,काठमाण्डाैं । ्डनजीाै आन्दोलनका क्रममा घरमा भएको तोडफोड र आगजनीपछि सामाजिक सञ्जालमा नेपाली तथा विदेशी नोटहरू जलेको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि चैत १५ गते पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

खड्काको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उनलाई छाड्न आदेश दिएको हो ।

यद्यपि खड्काले विदेश जानुपरेमा भने अदालतबाट अनिवार्य अनुमति लिनुपर्ने सर्त राखिएको छ।

विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरिसकेको छ भने प्रदर्शनकारीले सग्ला नोटहरू लगेका तस्बिर र भिडियोहरू समेत बाहिरिएका थिए, जसका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो।

प्रतिक्रिया
शेयर