ईर्साद अन्सारी
२ बैसाख,काठमाण्डाैं । रगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचनलाई अर्थ, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङलाई सामाजिक विकास, युवा तथा खेलकुद र नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेका तर्फबाट गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाललाई उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डेलाई कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्कीलाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको छ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएसँगै गण्डकी सरकारले पूर्णता पाएको छ।
