सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

छानबिन न्यूज
पाठक संख्या 14
1 Min Read
Oplus_16908288

१८ बैसाख,काठमाण्डाै । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि सिफारिस गरेको अध्यादेश हाल राष्ट्रपति कार्यालयमा अध्ययनको क्रममा रहेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारले पठाएका विभिन्न ८ वटा अध्यादेशमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् भने सम्पत्ति शुद्धीकरण र संवैधानिक परिषद् लगायतका अन्य ६ वटा अध्यादेशहरूमाथि आवश्यक छलफल र अध्ययन भइरहेको छ।

यसै सिलसिलामा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार कानुनविद्हरूसँग समेत परामर्श गर्नुभएको छ भने बाँकी अध्यादेशहरू प्रक्रिया पूरा गरी जारी हुने चरणमा रहेका छन्।

प्रतिक्रिया
शेयर