१ बैशाख,काठमाण्डाैं । नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै उहाँले प्रसिद्ध संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’ स्मरण गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
“सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्” भन्ने भावार्थसहित प्रधानमन्त्री शाहले सबैको भलाइको कामना गर्नुभएको हो। नयाँ वर्षको पहिलो दिन आज राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिने क्रम जारी रहँदा प्रधानमन्त्री शाहले पनि सोही सन्दर्भमा संस्कृत श्लोकमार्फत आफ्नो सन्देश सार्वजनिक गर्नुभएको हो।
