स्रोत नखुलेको १४ लाख भारुसहित पेट्रोल पम्प सञ्चालक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 112
1 Min Read
Oplus_16908288

१ बैशाख,रूपन्देही । कपिलवस्तु नगरपालिका–१ को व्यस्त चोकबजार क्षेत्रबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित मायादेवी गाउँपालिका–८, बरकुलका २१ वर्षीय अभिषेक गुप्ता पक्राउ परेका छन्।

अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले विशेष निगरानी बढाइरहेका बेला सोमबार विशेष सूचनाका आधारमा खटिएको टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याउने क्रममा महेन्द्रगेट नजिकैबाट गुप्तालाई नियन्त्रणमा लिएको हो।

बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत रहेका गुप्ताले प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका थिए।

खानतलासी गर्दा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र अत्यन्त गोप्य तरिकाले लुकाएर राखिएको पाँच सय दरका २८ गड्डी (कुल १४ लाख) भारतीय रुपैयाँ बरामद गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

बरामद रकमको स्रोत नखुलेकाले यस विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि गुप्तालाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर