पूर्वमन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ

छानबिन न्यूज
पाठक संख्या 73
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

३० चैत,बारा ।  विशेष अदालतमा पोखराको चर्चित लिचीबारी प्रकरणमा मुछिएका पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासमा पेसी तोकिएको यस मुद्दामा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ मा मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाई घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो।

।सोही प्रकरणमा मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै विभिन्न कार्यसुविधा प्रदान गर्ने प्रयोजनका लागि थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग समेत दर्ता गरिएको छ।

प्रतिक्रिया
शेयर