रास्वपा बाराको विस्तारित बैठकमा विवाद: पार्टी कार्यकर्ताद्वारा सांसदहरू लखेटिए, दरबार होटलमा पत्रकार सम्मेलन

छानबिन न्यूज
पाठक संख्या 251
1 Min Read
Oplus_16908288

९ जेठ,बारा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा कलैयामा आज तीव्र तनाव सिर्जना भएको छ, जहाँ संस्थापक पक्षलाई दबाबमा पार्न खोजेको भन्दै आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलबाटै प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंहलाई धक्का दिएर बाहिर लखेटेका छन् ।

केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि चर्किएको आन्तरिक विवाद यस बैठकमा उग्र रूपमा प्रकट भएको हो ।

स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले तत्काल हस्तक्षेप गरी सांसदहरूलाई सुरक्षित रूपमा उद्धार गरेको थियो भने यस अप्रत्यासित राजनीतिक घटनाक्रम र पार्टीभित्रको बढ्दो विवादबारे आफ्नो धारणा सार्वजनिक गर्न यतिबेला माननीय अरबिन्द साह, रहबर अन्सारी, गणेश धिमाल र चन्दन सिंहले कलैयास्थित दरबार होटलमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिरहेका छन् ।

प्रतिक्रिया
शेयर