काठमाडौँमा प्रहरीको ‘सर्च अपरेशन’: १९५ जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 79
1 Min Read
Oplus_16908288

२१ चैत,काठमाण्डाैं । काठमाडौँमा बढ्दो गुण्डागर्दी, ठगी र बिचौलियाको गतिविधि नियन्त्रण गर्न प्रहरीले रातभर विशेष ‘सर्च अपरेशन’ चलाएर १९५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ लगायतका विभिन्न क्षेत्रहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थल र ठमेलजस्ता क्षेत्रमा मान्छे तानातान गर्ने, बिचौलियाको काम गर्ने र पुराना आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू पक्राउ परेका हुन्। नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर