तीब्र गतिका कारण अत्तरियामा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 149
1 Min Read

ईर्साद अन्सारी

९ फागुन, धनगढि । कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेहरूमा सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी–२ का २२ वर्षीय हरिश ओली तथा सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकलमा सवार गोदावरी–१ का २६ वर्षीय योगेन्द्र शाह र २३ वर्षीय हरिश पार्की रहेका छन्।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार घाइतेहरूलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने घाइते भएका २३ वर्षीय जीवन पाठकको उपचार जारी छ।

घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा रहेको र सोही कारण पाङ्ग्रासहितका पाटपुर्जाहरू उछिट्टिएको पाइएको छ। मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा उक्त दुर्घटना भएको हो।

प्रतिक्रिया
शेयर