नेपाली कांग्रेसद्वारा विधिको शासनको सम्मान: लेखक पक्राउको विरोधमा सडक आन्दोलन नगर्ने

छानबिन न्यूज
पाठक संख्या 63
1 Min Read

१४ चैत,काठमाण्डाैं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीले तत्कालै सडक आन्दोलनमा नजाने स्पष्ट पारेको छ।

नेकपा एमालेले आफ्ना अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गरिरहेका बेला, कांग्रेसले भने सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि फरक रणनीति सार्वजनिक गरेको हो।

बैठकपश्चात् प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासनमा विश्वास गर्ने बताउँदै अहिले नै सडकमा ओर्लिने कुनै कार्यक्रम नरहेको जानकारी दिए।

उनले पार्टीले हाललाई सरकारको निष्पक्षता र कानुनी व्यवहारको सुनिश्चितता मात्र खोजेको उल्लेख गर्दै भविष्यमा परिस्थिति हेरेर थप निर्णय लिन सकिने बताएका छन ।

प्रतिक्रिया
शेयर