१९ चैत,काठमाण्डाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग राखेका छन् भने बैठक समयमै सुरु गर्न समेत आग्रह गरेका छन्।
उनले आफ्नो मन्तव्यका क्रममा सरकारले जनताका माग र राष्ट्रिय स्वाधीनताका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पृथ्वी र नेपालको झण्डा रहिरहुन्जेल देशको अस्तित्व जोगाउनुपर्ने मान्यता व्यक्त गरे ।
उनले भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाई राख्न सैन्य रणनीतिक उद्देश्यका साथ ल्याइएको भनिएको ‘राष्ट्रघाती’ एमसीसी सम्झौता खारेज हुनुपर्ने अडान दोहोर्याए।
प्रतिक्रिया
