ओली पक्राउको विरोधमा युवा संघद्वारा काठमाडौंमा मसाल जुलुस

छानबिन न्यूज
पाठक संख्या 83
0 Min Read
Oplus_16908288

१४ चैत,काठमाण्डाैं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा शनिबार साँझ काठमाडौंको बिजुलीबजार क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको छ।

माइतीघर–बबरमहल क्षेत्रमा दिउँसो एमालेका विभिन्न संगठनहरूले गरेको विरोध प्रदर्शनकै निरन्तरता स्वरूप युवाहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै सडकमा मसाल बालेर नाराबाजी गरेका हुन्।

पक्राउको विरोधमा आक्रोशित बनेका कार्यकर्ताहरूले भोलि पनि प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
शेयर