११ फागुन,काठमाण्डाैं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट आज बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
धादिङका एसपी सुमित खड्काका अनुसार मृतकहरूमध्ये ४ महिला र १ विदेशी नागरिक रहेका छन् भने सडकबाट करिब ३ सय मिटर तल खसेको उक्त बसमा कुल ४६ जना यात्रु सवार रहेको बताइएको छ।
हाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनास्थलमा तीव्रताका साथ उद्धार कार्य जारी राखेका छन्, यद्यपि मृतक तथा घाइतेहरूको पहिचान खुल्न भने अझै बाँकी रहेको छ।
प्रतिक्रिया
