अध्यक्ष ओलीको पक्राउ विरुद्ध देशव्यापी प्रदर्शन: हेटौंडामा पनि प्रदर्शन काठमाडौंमा तनाव

छानबिन न्यूज
पाठक संख्या 76
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१४ चैत,मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान सबेरै भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन चर्किएको छ।

पार्टी अध्यक्षको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै एमाले सचिवालयको आकस्मिक बैठकले गरेको निर्णयअनुसार २३ वटा जनसंगठनहरू सडकमा उत्रिएका हुन्।

यसै क्रममा मकवानपुरको हेटौंडामा दिउँसो विभिन्न स्थानमा सरकारी कदमविरुद्ध चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरिएको छ भने राजधानीको माइतीघर–बानेश्वर क्षेत्रमा समेत एमाले कार्यकर्ता र प्रहरीबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा दमन भएको विषयलाई लिएर अहिलेको राजनीतिक विवाद चर्किएको हो, जुन समयमा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए।

सरकारले घटनाबारे थप अनुसन्धान भइरहेको बताए पनि एमालेले भने आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ।

प्रतिक्रिया
शेयर