मलंगवामा बेवारिसे पेस्तोल पड्किँदा एक किशोर घाइते

छानबिन न्यूज
पाठक संख्या 142
1 Min Read

७ फागुन,सर्लाही ।  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–४, ढाँका बोर्डर टोलमा आज (बिहीबार) दिउँसो बेवारिसे पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका छन्।

घर नजिकैको निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा फेला परेको वस्तुलाई नक्कली ठानेर चलाउने क्रममा अचानक गोली चल्दा उनको दाहिने हातको पन्जामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिनुभयो।

घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको छ भने प्रहरीले घटनास्थलबाट पड्किएको खोका अड्किएको अवस्थामा एक थान पेस्तोल बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर