महाराष्ट्रमा विमान दुर्घटना: उपमुख्यमन्त्री अजित पवारसहित चालक दलका सदस्यको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 186
1 Min Read
Oplus_16908288

१४ माघ,काठमाडौं । महाराष्ट्रमा विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजीत पवारको मृत्यु भएको छ ।

बारामतीमा आज बिहान विमान अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो ।

दुर्घटनामा विमानमा सवार उपमुख्यमन्त्री पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको विमान अवतरणको क्रममा धावनमार्गबाट ​​चिप्लिएको थियो ।

शीर्षक सहित समाचार लेख्नुस एउटै अनुछेदमा

प्रतिक्रिया
शेयर