२ चैत,काठमाण्डाैं । भारतको ओडिसा राज्यस्थित कटकमा रहेको एससीबी मेडिकल कलेजको ट्रमा केयर युनिटमा सोमबार विद्युत् सर्ट भई आगलागी हुँदा उपचाररत १० जना बिरामीको दुखद मृत्यु भएको छ।
मुख्यमन्त्री मोहनचरण माझीका अनुसार घटनाको समयमा आईसीयू वार्डमा २३ जना बिरामी भर्ना भएका थिए, जसमध्ये बाँकीलाई सुरक्षित रूपमा अन्य वार्डमा सारिएको छ भने बिरामी बचाउने क्रममा ११ जना अस्पताल कर्मचारीहरू जलेर घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस हृदयविदारक घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन ।
भारतका अस्पतालहरूमा आगलागीका घटनाहरू चुनौतीपूर्ण बन्दै गएका छन्; यसअघि सन् २०२४ मा पनि तमिलनाडुको एक निजी अस्पतालमा ६ जना र उत्तर प्रदेशको अस्पतालमा १० नवजात शिशुको यस्तै आगलागीका कारण मृत्यु भएको थियो।
