रवि लामिछानेविरुद्वको मुद्वा फिर्ता लिने निर्णयमाथि सर्वोच्चमा सुनुवाइ

छानबिन न्यूज
पाठक संख्या 115
1 Min Read
Oplus_16908288

२ चैत,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्वको सम्पत्ति शुद्विकरण र सङ्गठित अपराध मुद्वा फिर्ता गर्ने निर्णयविरुद्व परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार उक्त मुद्वा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि पेशी तोकेको हो।

​यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले निवेदनलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो।

अघिल्लो सरकारको पालामा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरूद्वका मुद्वाहरू फिर्ता लिने निर्णय गरेकी थिइन्, जसको विरुदद्वमा युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

प्रतिक्रिया
शेयर