२७ फागुन,काठमाण्डाैं । नेपालको विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अप्रिल १५ लाई ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ का रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार, यस प्रस्तावले स्वास्थ्यलाई केवल रोगको अभावका रूपमा मात्र नहेरी शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक र पर्यावरणीय समग्र कल्याणको रूपमा परिभाषित गरेको छ।
विश्वभर सुदृढ समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणालीमा जोड दिने यो निर्णयलाई नेपालको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा लिइएको छ भने राजदूत थापाले यस प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण राष्ट्रहरूप्रति आभार समेत प्रकट गरेका छन ।
प्रतिक्रिया
