२७ फागुन,काठमाण्डाैं । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना कार्य पूर्ण रूपमा सकिएको छ भने अब दलहरूले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट संख्या निर्धारण गर्ने काम अगाडि बढ्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन्।
उनका अनुसार सिटको टुंगो लागेपछि आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई तीन दिनको समय दिएर आफ्नो बन्दसूचीमा रहेका नामहरूमध्येबाट सांसद निर्वाचित गर्न सिफारिसका लागि पत्राचार गर्नेछ।
दलहरूले पठाएको सिफारिसमा समावेशी समूह र नियम मिले-नमिलेको पुनः जाँच गरेपछि मात्रै निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरी ११० जना समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने प्रक्रिया रहेको छ।
प्रतिक्रिया
