जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

छानबिन न्यूज
पाठक संख्या 114
1 Min Read

२३ फागुन,जुम्ला ।  जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले ९ हजार ३ सय ५९ मतका साथ आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी ५ हजार ७ सय ८४ मतका साथ पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाहीले ३ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा (एमाले) का शान्तिलाल महत २ हजार १ सय ६३ मतमा सीमित हुँदा, कुल ४० हजार ८ सय ९७ मत खसेको यस क्षेत्रमा शाही र भण्डारीबीचको मतान्तर निकै बढेकाले चुनावी नतिजा थप रोचक बन्दै गएको छ ।

प्रतिक्रिया
शेयर