चितवन २ मा रवि लामिछानेको भारी जित, ३९ हजारभन्दा बढीको मतान्तरले विजयी

छानबिन न्यूज
पाठक संख्या 155
1 Min Read

२३ फागुन,चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरसहित पुनः विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलका अनुसार लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेललाई ३९ हजार ८ सय ३८ को विशाल मतान्तरले पराजित गरेका हुन्।

पराजित खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे ६ हजार ९ सय ९२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

कुल ८७ हजार २ सय २१ मत खसेको यस निर्वाचनमा लामिछानेले अघिल्लो निर्वाचनको तुलनामा आफ्नो मत परिणाममा समेत वृद्धि गर्दै जित सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया
शेयर