रूपन्देही-२ मा रास्वपाका शुलभ खरेल विजयी, एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित

छानबिन न्यूज
पाठक संख्या 106
0 Min Read

२२ फागुन,बारा ।  रूपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेलले सानदार जित हासिल गरेका छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं हेभीवेट उम्मेदवार विष्णु पौडेललाई फराकिलो मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।

एमालेको बलियो गढ मानिने यस क्षेत्रमा पौडेलको पराजय र खरेलको उदयलाई राजनीतिक वृत्तमा ठूलो उलटफेरको रूपमा हेरिएको छ।

प्रतिक्रिया
शेयर