रुकुम पूर्वमा प्रचण्डको सानदार जित सुनिश्चित

छानबिन न्यूज
पाठक संख्या 138
1 Min Read

ईर्साद अन्सारी

२२ फागुन,बारा ।  रुकुम पूर्वमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित निश्चित भएको छ ।

जहाँ उनले ८ हजार ७४७ मत प्राप्त गर्दै आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमलाई ५ हजार ७२९ मतान्तरले पछि पारेका छन्। कूल १९ हजार १८८ मत खसेको यस क्षेत्रमा हालसम्म १५ हजार ८२३ मत गणना भइसकेको छ ।

 अब गणना गर्न बाँकी ३ हजार ३६५ मत मात्र रहेकोले दाहालको जित सुनिश्चित देखिएको हो; यस्तै अन्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७ र राष्ट्रिय स्वतन्त्र पार्टीका लखन कुमार थापाले ७१२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
शेयर