रुकुम पूर्वबाट नेकपाको विजयी सुरुवात: प्रचण्ड भारी मतान्तरले निर्वाचित

छानबिन न्यूज
पाठक संख्या 130
1 Min Read

ईर्साद अन्सारी

२२ फागुन,बारा ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुम पूर्वबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै विजयी खाता खोलेको छ ।

जहाँ पार्टीका संयोजक प्रचण्ड १० हजार २४० मत प्राप्त गरी सानदार जीत हासिल गर्न सफल भएका छन्।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमलाई ६ हजार ७७८ को फराकिलो मतान्तरले पछि पार्दै उनले यो सफलता हात पारेका हुन् ।

 गौतमले मात्र ३ हजार ४६२ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ३ हजार ८१ मतमा खुम्चिन पुगिन्।

प्रतिक्रिया
शेयर