२२ फागुन,काठमाण्डाैं । काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल २७ हजार ७११ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन ।
न्जसको औपचारिक घोषणा हुन मात्र बाँकी छ। खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई ठुलो अन्तरले पराजित गरेका हुन्, जसले ६ हजार ६४७ मत प्राप्त गरे ।
नेकपा एमालेका अमनकुमार मास्के ४ हजार ३७३ मतमा समेटिए। यसैगरी राप्रपाका उद्धवराज भेटुवालले २९० र नेपाली कम्युनिस्ट पार्टीका हिमाल शर्माले २३१ मत मात्र प्राप्त गर्न सफल भए।
प्रतिक्रिया
