एसएमएसमार्फत बाराका चारवटै क्षेत्रसहित देशभरिको निर्वाचन परिणाम हेर्न सकिने

छानबिन न्यूज
पाठक संख्या 384
1 Min Read

२१ फागुन,बारा ।  निर्वाचनपछिको मतगणनाको परिणाम डिजिटल प्रविधिमार्फत सहजै उपलब्ध गराउने उद्देश्यले ‘आकाश एसएमएस’ले बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रसहित देशभरकै ‘लाइभ अपडेट’ एसएमएसबाटै प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

विशेषगरी समाचार वेबसाइटहरूमा हुने अत्यधिक ट्राफिक, इन्टरनेटको मन्द गति वा स्मार्टफोनको पहुँच नभएका आम नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको हो ।

जसमा प्रयोगकर्ताले आफ्नो मोबाइलको मेसेज बक्समा गएर EC <स्पेस> जिल्लाको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ। उदाहरणका लागि, यदि तपाईं बारा जिल्लाको कुनै क्षेत्रको नतिजा जान्न चाहनुहुन्छ भने क्षेत्र नम्बर १ का लागि EC Bara 1, क्षेत्र नम्बर २ का लागि EC Bara 2, क्षेत्र नम्बर ३ का लागि EC Bara 3 र क्षेत्र नम्बर ४ का लागि EC Bara 4 टाइप गरी ३१००३ मा पठाउनु पर्नेछ।

त्यसैगरी, बारा बाहेक देशका अन्य जुनसुकै जिल्ला र क्षेत्रको जानकारीका लागि पनि सोही प्रक्रिया अपनाई सम्बन्धित जिल्ला र क्षेत्र नम्बर उल्लेख गरेर म्यासेज पठाएको केही क्षणमै निर्वाचन आयोगको आधिकारिक तथ्याङ्कमा आधारित पछिल्लो मतपरिणाम प्राप्त हुनेछ।

दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक र साधारण मोबाइल प्रयोगकर्तालाई समेत ध्यानमा राखी ल्याइएको यो सेवाले निर्वाचनको विश्वसनीयता र सूचनाको पहुँचलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया
शेयर