रौतहटको गौर कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ६१ जना कैदीबन्दीसहित सुरक्षाकर्मी र कर्मचारीले गरे मतदान

छानबिन न्यूज
पाठक संख्या 153
1 Min Read

२१ फागुन,बारा ।  रौतहटको गौरस्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दी र सुरक्षाकर्मीहरूले उत्साहपूर्वक मतदान गरेका छन्।

कारागारमा रहेका कुल २०८ कैदीबन्दीमध्ये मतदाता सूचीमा नाम समावेश भएका ६३ जना पुरुषमध्ये कैदमुक्त भएका दुई जना बाहेक ६१ जनाले आफ्नो मताधिकार प्रयोग गरे।

मतदान अधिकृत सावित्रा थापाका अनुसार कैदीबन्दीका अतिरिक्त मतदान कार्यमा खटिएका कर्मचारी, नेपाल प्रहरी र नेपाली सेनाका २२ जना गरी कुल ८३ जनाले सोही केन्द्रबाट मतदान गरेका हुन्।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भए तापनि कानुनी प्रावधान अनुसार मतपेटिका सिल गर्ने कार्य भने साँझ ५ बजेपछि मात्र गरिने जानकारी दिइएको छ।

प्रतिक्रिया
शेयर