ईर्साद अन्सारी
१९ फागुन,राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा सोमबार बिहान सडक छेउमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
स्थानीयले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले उक्त क्षेत्रलाई सुरक्षित राखेको छ भने अहिले नारायण दल गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुको जाँच र निस्क्रिय पार्ने तयारी गरिरहेको छ।
सोमबारै रौतहटको राजपुर नगरपालिका-६ मा पनि फेला परेको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको थियो। आगामी सुरक्षालाई मध्यनजर गर्दै नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा एक-एक वटा र गौर-चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक गरी विशेष डिस्पोजल टोलीहरू परिचालन गरेको सेनाले जनाएको छ।
प्रतिक्रिया
