१८ फागुन,काठमाण्डाैं । यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको विष्फोटमा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत श्रेष्ठको निधनबारे यूएईको परराष्ट्र मन्त्रालयले आधिकारिक पुष्टि गरिसकेको छ।
दूतावासले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने परिस्थिति सहज हुनासाथ श्रेष्ठको पार्थिव शरीर स्वदेश पठाउन आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन विशेष आग्रह समेत गरेको छ।
प्रतिक्रिया
