कार्यकक्षमै ढले इरानी नेता खामेनी; देशभर सात दिन सार्वजनिक बिदा

छानबिन न्यूज
पाठक संख्या 170
1 Min Read

१७ फागुन,काठमाण्डाैं ।  इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शनिबार बिहान सबेरै आफ्नै कार्यालयमा जिम्मेवारी सम्पादन गरिरहेका बेला निधन भएको त्यहाँको राज्य टेलिभिजन र सरकारी समाचार एजेन्सीहरूले पुष्टि गरेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत खामेनी मारिएको दाबी गरे पनि इरानी विदेशमन्त्री अब्बास अराघचीले एनबीसी न्युजसँगको कुराकानीमा उक्त दाबीलाई नकार्दै नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए; तर अन्ततः बीबीसीका अनुसार इरानी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको आधिकारिक जानकारी दिएका हुन्।

फार्स न्युज र तस्निम न्युज एजेन्सीका अनुसार सरकारले यस दुःखद घडीमा देशभर ४० दिनको शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रतिक्रिया
शेयर