इरानको विद्यालयमा इजरायली आक्रमण: ४० विद्यार्थीको मृत्यु, तेहरानका सरकारी कार्यालय निशानामा

छानबिन न्यूज
पाठक संख्या 115
1 Min Read

१६ फागुन,काठमाण्डाैं ।  इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या ४० पुगेको छ ।

इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार, सुरुमा अलजजिराले पाँच जनाको मृत्यु भएको जानकारी दिएकोमा उक्त संख्या बढेर २४ हुँदै ४० पुगेको आधिकारिक पुष्टि भएको हो ।

यसैबीच, इरानको राजधानी तेहरानसहित देशका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्, जहाँ इजरायलले इरानी सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई समेत निशाना बनाएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया
शेयर