१६ फागुन,काठमाण्डाैं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण जारी राखेपछि इरानको राष्ट्रिय सुरक्षा परिषद्ले तेहरानका बासिन्दाहरूलाई तत्काल राजधानी छाड्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार परिषद्ले एक वक्तव्य जारी गर्दै वर्तमान सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्भव भएसम्म शान्तिपूर्वक अन्य सुरक्षित स्थान र सहरहरूतर्फ यात्रा गर्न स्थानीय नागरिकलाई अनुरोध गरेको हो।
हाल इरानको राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् भने तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेई र राष्ट्रपतिको कार्यालयलाई समेत निशाना बनाइएको खबरहरू प्राप्त भएका छन्।
प्रतिक्रिया
