वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल विश्वकपको सुपर एट दौडबाट बाहिरियो

छानबिन न्यूज
पाठक संख्या 138
1 Min Read
Oplus_16908288

३ फागुन,काठमाण्डाैं ।  भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै नेपालको सुपर एट पुग्ने सम्भावना गणितीय रूपमा समाप्त भएको छ ।

मुम्बईको वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको ५८ र सोमपाल कामीको अविजित २६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो, तर १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा कप्तान शाइ होपको अविजित ६१ र शिमरोन हेटमायरको ४६ रनको योगदानमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो ।

लगातार तीन खेलमा हार (इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग) ब्यहोरेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने लगातार तीन जित निकालेको वेस्ट इन्डिज समूह ‘सी’ बाट ६ अंकसहित सुपर एटमा प्रवेश गरेको छ ।

नेपालका लागि नन्दन यादवले एक विकेट लिए भने ब्याटिङमा ऐरी २०१४ पछि विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने पनि टोलीलाई जिताउन पर्याप्त रहेन ।

प्रतिक्रिया
शेयर