३ फागुन,राैतहट । आज बिहान करिब साढे पाँच बजे रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ।
गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर३०यु१३७१ को मोटरसाइकल झाझपुल नजिकै सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किँदा यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय चालक जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए।
टाउको र शरीरका विभिन्न भागमा चोट लागेर अचेत अवस्थामा भेटिएका उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्। यस दुखद घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया
