भद्रपुरमा सुई रोपेर ६४ वर्षीय ढकालको हत्या, सिरहाका २६ वर्षीय सिंह नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२३ माघ,बिराटनगर ।  झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा बिहीबार साँझ एक वृद्धको सुई (सिरिन्ज) रोपेर हत्या गरिएको छ।

६४ वर्षीय खेमराज ढकालको घरमै पुगेका सिरहा विष्णुपुर गाउँपालिका-१ का २६ वर्षीय दिनेशकुमार सिंहले सिरिन्जले घोचेर उनलाई गम्भीर घाइते बनाएका थिए।

घाइते ढकाललाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीले आक्रमणमा प्रयोग गरिएको सुइसहित सिंहलाई नियन्त्रणमा लिएको छ भने ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाको यकिन कारण अझै खुल्न सकेको छैन र प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
शेयर