१६ माघ, सिरहा । आज सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको छ।
वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा उनीमाथि अचानक आक्रमण भएको थियो भने गोली प्रहारबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय र वडा अध्यक्ष महेश कुमार यादवले पुष्टि गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक अनुसन्धानले गोली लागेर नै हत्या भएको देखाए पनि हत्याको कारण र संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। हाल प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया
