मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गरिने: प्रधानमन्त्री कार्की

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२० माघ,नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री सुशीला कार्कीले विशेषगरी हिमाली जिल्लाहरूमा मौसमले साथ नदिएमा दोस्रो चरणमा निर्वाचन गराउन सकिने बताउनुभएको छ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नपाएकाले ढुक्क भएर तयारीमा जुट्न सबैलाई आग्रह गर्नुभयो।

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर भए पनि निर्वाचन सम्पन्न गराइने र हुनै नसक्ने विशेष परिस्थिति आएमा मात्र दोस्रो चरणको विकल्प सोचिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले केही चुनौती आइपरे पनि तिनलाई समाधान गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो।

समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिहरूले राज्य व्यवस्था सम्हालेपछि देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको समेत उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया
शेयर