प्रधानमन्त्री बालेन शाहको चितवन बसाइका लागि रिसोर्ट पुरै बुक, सुरक्षामा उच्च सतर्कता

छानबिन न्यूज
पाठक संख्या 50
1 Min Read
Oplus_16908288

७ असार,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बसाइलाई सुरक्षित र व्यवस्थित बनाउन कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चार दिनका लागि रिसोर्टका सबै कोठाहरू बुक गरिएको छ भने त्यहाँ प्रधानमन्त्री शाह, उहाँको परिवार, र गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका शीर्ष नेताहरूका लागि ३ वटा भीभीआईपी रुमसहितको बस्ने व्यवस्था गरिएको छ।

सुरक्षालाई थप कडा बनाउन रिसोर्टका अधिकांश कर्मचारीहरूलाई अस्थायी बिदा दिँदै सीमित कर्मचारी मात्र खटाइएको छ ।

रिसोर्टभित्रका सीसीक्यामेराहरू बन्द गरी कर्मचारीहरूलाई तस्बिर वा भिडियो खिच्न समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्रीको आगमन अगावै नेपाली सेना र नेपाल प्रहरीले रिसोर्टको विस्तृत सुरक्षा निरीक्षण गरी आवश्यक सम्पूर्ण तयारीहरू पूरा गरिसकेका छन्।

प्रतिक्रिया
शेयर