राष्ट्रियता र स्वाभिमानको रक्षाका लागि एमाले प्रतिबद्ध: अध्यक्ष ओली

छानबिन न्यूज
पाठक संख्या 183
1 Min Read

ईर्साद अन्सारी

१५ माघ,काठमाण्डाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि प्रकारको समर्पण स्वीकार्य नहुने बताए।

आगामी निर्वाचनका लागि घोषणा पत्र तयारीका सिलसिलामा च्यासलस्थित पार्टी कार्यालयमा विज्ञहरूसँग सुझाव लिँदै उनले राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट नभई प्रतिवाद र प्रतिरक्षाबाट मात्र सम्भव हुने उल्लेख गरे।

सरकारले अहिलेसम्म पनि निष्पक्ष र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माण जस्तै एमालेले नै हालको राजनीतिक विध्वंसपछि राष्ट्रिय एकता र संविधानको रक्षा गर्ने दाबी गरे।

प्रतिक्रिया
शेयर