१४ माघ,बारा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जना नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीको नीति र निर्णय विरुद्ध एमालेबाट उम्मेदवार बनेका प्रदीप यादवसँगै चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा. शिवजी यादवलाई प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध लागेको अभियोगमा कारबाही गरिएको हो।
प्रतिक्रिया
