लाइसेन्स परीक्षामा अनियमितता: अख्तियारद्वारा कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल जफत

छानबिन न्यूज
पाठक संख्या 308
1 Min Read
Oplus_16908288

१३ माघ,काठमाण्डाैं ।  यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारी, ३ ट्राफिक प्रहरी र बिचौलियाहरूको मिलेमतोमा लाइसेन्सको लिखित परीक्षामा चलखेल भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपरेशन सुरु गरेको छ।

लिखित परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म घुस लिएर पास गराउने गरेको विशेष सूचनाका आधारमा अख्तियारले कार्यालय प्रमुख पोखरेलसहित कर्मचारीहरूको २५ थान, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका मेनेजर बालकृष्ण सिंहसहित ७ जना बिचौलियाका ९ थान मोबाइल नियन्त्रणमा लिएको हो।

त्यसैगरी, नियमविपरीत लिखित परीक्षामा फेल भएको ३ महिना नपुग्दै पुनः परीक्षामा सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिका समेत जफत गरी अख्तियारले यस संगठित अनियमितताबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर