निर्वाचनलाई ऐतिहासिक बनाउन प्रधानमन्त्री कार्कीको आह्वान

छानबिन न्यूज
पाठक संख्या 105
1 Min Read

१८ फागुन,काठमाण्डाैं ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशवासीलाई आह्वान गरेकी छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले होलीको शुभकामनासहित खुसी साटासाट गर्न आग्रह गर्दै इतिहासको कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफ्नो मातृभूमिप्रतिको कर्तव्य भएको उल्लेख गरेकी छन् ।

आफू विशेषगरी निर्वाचन गराउने मुख्य उद्देश्यका साथ आएको प्रष्ट पार्दै उनले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गरेको स्मरण गरिन् ।

उनले निर्वाचनपछि देशको बागडोर जनताले चुनेका प्रतिनिधिहरूको हातमा पुग्ने र निर्वाचित सरकारले नै मुलुकको नेतृत्व गर्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया
शेयर