कांग्रेस कार्यवाहक सभापति खड्काद्वारा पार्टी एकताका लागि अपिल

छानबिन न्यूज
पाठक संख्या 183
1 Min Read

२८ पुस,काठमाण्डाै ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको वर्तमान राजनीतिमा अन्योल र अनिश्चितता व्याप्त रहेको उल्लेख गर्दै पार्टीभित्र पूर्ण एकता कायम गर्न नेता तथा कार्यकर्ताहरूमा विशेष अपिल गरेका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रका बीच सार्वजनिक अपिल जारी गर्दै उनले पार्टीभित्र हाल केही असहज स्थिति उत्पन्न भएको स्वीकार गरे पनि इतिहासका कठिन मोडमा जस्तै अहिले पनि कांग्रेसले नै मुलुकलाई निकास दिनुपर्ने भएकाले पार्टी एकताबद्ध र सुदृढ हुनु अनिवार्य रहेको बताएका छन्।

२०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीति परिमार्जन र नेतृत्व सहज रूपमा परिवर्तन गर्ने बाटो खुला रहेको सुनिश्चितता दिलाउँदै खड्काले आगामी प्रतिनिधिसभा निर्वाचन र महाधिवेशनलाई सफल बनाउन एकजुट हुन आग्रह गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न समेत सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया
शेयर