रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

छानबिन न्यूज
पाठक संख्या 137
1 Min Read
Oplus_16908288

५ माघ,काठमाण्डाैं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने गरी आफ्नो पदबाट राजीनामा दिने भएका छन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीका साथ राजीनामा बोकेर प्रधानमन्त्री कार्यालय पुगेका खरेलले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा राजीनामाको घोषणा गर्दैछन् ।

राजीनामापश्चात् मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र बिदाइ कार्यक्रमको समेत आयोजना गरिएको रास्वपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया
शेयर