२६ पुस,जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित नक्टाझिजको सुग्जोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको विषयलाई लिएर स्थानीय र आश्रमका अनुयायीबीच आज भीषण झडप हुँदा दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन्।
आश्रमले ओगटेको जग्गा नापजोख गरी खाली गराउनुपर्ने माग राख्दै पुगेका स्थानीयको समूह र अनुयायीबीच विवाद बढ्दा स्थिति कुटाकुटमा परिणत भएको थियो, जसमा परी कतिपयको टाउको फुटेको छ भने कसैको हातखुट्टामा गम्भीर चोट लागेको छ।
घाइतेहरूको अहिले जनकपुरस्थित जानकी मेडिकल र प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने आक्रोशित स्थानीयले मुख्य सडक अवरुद्ध गर्दा सयौं सवारी साधन बाटोमै थन्किएका छन्।
हाल धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रतिक्रिया
