पर्सा / बैखाख ११
ट्रायल पासगर्न सक्ने आँट छैन? लाईसेन्स चाहियाे अब के गर्ने द्विबिधामा हुनुहुन्छ भने बीरगँज यातायात कार्यालय जानुस तपाईकाे समस्याले समाधान पाउने छ।
यातायात ब्यवस्था कार्यालय बन्न त यातायात लाई ब्यवस्थित सँचालन,रेखदेख र ब्यवस्थापन गर्नलाई हाे तर ……..।
यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बिरगंजले बैशाख ८ गते सुचना प्रकाशित गरेर कैटाेगाेरि एफ जी लगायत बर्गकाे ट्रायलकाे सुचना प्रकाशित गरेपछि बिचाैलिया र त्यहाका कर्मचारिहरू रकम उठाउन सकृय देखिएका छन ।
तपाईका समस्या समाधानार्थ कार्यालयमा करारमा राखिएकाे करिव १ दर्जन कार्यालय सहयाेगीले तपाईलाई सहयाेग गर्छन, वहाँहरुकाे काम सरकारी लाम खाएर बिचाैलियाकाे काम गर्ने ।
अझ त्यतिले तपाईलाई फास्ट ट्र्याक बाट काम गराउन त्यहाका स्थायी कर्मचारिले पनि आफन्त र नातागाेता मार्फत सशुल्क सेवा प्रदान गर्छन। सेवा प्रदान गरिने दुई प्रकारका दर ताेकिएका छन
तपाईलाई माेटरसाईकल र स्कुटि काे लाईसेन्स लिन १५ हजार बचाैलियाले लिई १० हजार हाकिम सनहबकाे टेबुलमा खुसुक्क पुगेपछि लुसुक्क लाईसेन्नस टक्र्याईन्छ।
कार जिपकाे लाईसेन्स लिनुछ चिन्तै नमान्नुस ३० हजार मध्ये हाकिम साहबलाशइ १५ हजार अनि बस ट्रक लहरि ( हैबि ) काे ४० हजार मध्ये २० हजार हाकिमले लिने गरेका छन । त्यसैगरि मेशिनकाे बिचाैलियाले ४० हजार देखि ५० हजार लिने गरेकाे छन भने हाकिम साहब कहाँ २० हजार टक्रक्क टक्र्याईन्छ।
रकम अशुलिए पछि तपाईलाई निर्देशन दिइन्छ साेधिएकाे २० प्रश्नमा तपाईलाई थाहा भएमात्रै लेख्नु हाेला अन्यथा ८/१० प्रशनकाे उत्तर दिदै समय बिताउनुहाेला,बाँकि काम हामी गर्छाैं।
कपि सँकलन भैसकेपछि यातायातका हाकिमहरु प्रश्नकाे कापिकाे उत्तर मिलाउदै कापि जाँचकाे नाटक सम्पन्न हुन्छ। प्रयाेगात्मक परिक्षाकाे नाटक सम्पन्न भए पछि तपाईले पाउनुहुनेछ ज्यानमारा लाईसेन्स!
प्रतिक्रिया दिनुहोस् !